साढे दुई लाखले छाडे काठमाडौं उपत्यका

  • मिति : अशोज २९, २०८३
242 Shares

काठमाडौं । दसैँको फूलपाती नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दै छ ।

काठमाडौंको कलंकी, कोटेश्वर, बल्खुलगायतका स्थानमा घर फर्कने यात्रुको चाप बढेको छ । उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा विभिन्न राजमार्गमा सवारी चाप समेत बढेको छ ।

घटस्थापनादेखि बिहीबारसम्म साढे दुई लाखभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

दसैँमा यात्रा सहज बनाउन र ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरी परिचालन भएका छन् । चालकलाई सजग गराउन उनीहरूको कागजात जाँच गर्ने, सवारीसाधनको अवस्था जाँच्ने काम निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जनकारी दिए ।

यस वर्ष १० लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान रहेको प्रहरीले जनाएको छ ।