बाढीपीडितका लागि प्रभु बैंकको थप राहत सामग्री सहयोग

  • मिति : भदौ २५, २०८३
310 Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहीन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्‍याउने उद्देश्यले आज थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग ब्याग राहत सामग्री सम्बन्धित पीडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई उपलब्ध गराएको छ ।

हस्तान्तरण कार्यक्रममा बैंकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्टले जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई हस्तान्तरण गरे । यसअघि पनि बैंकले बाढीपीडितका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, बैंकले सम्पर्कविहीन व्यक्तिहरुको उद्धार तथा घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।