टिमुरे बजार ध्वस्त, सयौँ उद्वारको पर्खाइमा, कति बेपत्ता भए छैन हिसाब

  • मिति : भदौ १०, २०८३
429 Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजार ध्वस्त बनाएको छ ।

गोसाईकुण्ड गाउपालिका वडा नम्बर २ को सदस्य पेमा दोर्जेका अनुसार टिमुरे बजार पूरै ध्वस्त भएको छ । त्यसमा कति जना बेपत्ता भए भन्ने यकिन नै छैन । साथै सयौँ उद्वारको पर्खाइमा बसेको उनले जानकारी दिए ।

उनले भने

बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउदै तहसनहस भयो । टिमुरे बजार केही पनि बाँकी छैन, बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाह छैन ।

टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।

हामी जोडिएकाहरु माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं । साना केटाकेटीहरुलाई के खुवाउने, कसरी जोगाउने रु केही छैन । बगेको पानी खाएर बसेका छौं ।

हामी उद्दारको पर्खाइमा छौं । माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेको छैन । म गोसाईकुण्ड गाउपालिका वडा नम्बर २ को सदस्य पेमा दोर्जे घले हु । मेरो सम्पर्क नम्बर ९८६२२६३५०६ हो । सरकारी निकायहरुले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने थियो ।