काठमाडौं । नेपाल र भारतबीचको सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको बैठक बस्दैछ ।
सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको १४ औं बैठक भारतको देहरादुनमा बस्न लागेको हो ।
बिहीबार र शुक्रबार सञ्चालन हुने उक्त बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सहभागिता रहनेछ । बैठकमा नेपालको टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गर्नेछन् ।
यसअघि यस कार्यसमूहको १३ औं बैठक पोखरामा सम्पन्न भएको थियो ।