भिरमा मृत फेला परेका स्थानीयको शव सेनाद्वारा उद्धार

  • मिति : भदौ ३, २०८३
446 Shares

काठमाडौँ : धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित गौथली भिरमा मृत अवस्थामा फेला परेका एक स्थानीयको शव नेपाली सेनाको टोलीले उद्धार गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जटिल भौगोलिक अवस्थिति रहेको गौथली भिरमा मृत अवस्थामा फेला परेको स्थानीयको शव भीमदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायको सहयोगमा उद्धार गरेको हो।

उद्धारपछि शवलाई आवश्यक प्रक्रिया पूरा गर्न नेपाली प्रहरीले जिम्मा लिएको सेनाले जनाएको छ। मृतकको पहिचान तथा घटनाको थप विवरण भने प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने जनाइएको छ।