विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ५ गते विश्वासको मत लिने भएका छन् । सरकार पुनर्गठनपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
कोशीमा काँग्रेस सरकारबाट बाहिरिएपछि नेकपा सरकारमा प्रवेश गरेको छ । तर काँग्रेसले समर्थन फिर्ता लिन भने बाँकी छ । बुधबार संसदीय दलको बैठक बसेर यसबारे आधिकारिक निर्णय गरिने कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए ।