काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटनामा घाइते भएका अन्य ५ जनाको पहिचान खुलेको छ।
घाइते हुनेमा डाँगीसहित चालक दाङ राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु रहेका छन्।
प्रहरीका अनुसार लक्ष्मीको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई भीमफेदी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पठाउने तयारी भइरहेको छ।
प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गर्दा सडकबाट करिब ५०६० मिटर तल खसेर दुर्घटना भएको थियो।