काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ ७ गते चीन भ्रमणमा जाने भएका छन् । उनी आठ दिने भ्रमणका लागि चीन जाने पक्का भएको हो ।
भ्रमण भदौ ७ देखि १४ गतेसम्म हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक चीन भ्रमणमा जान लागेका हुन्। लामिछाने यसअघि भारत भ्रमणमा गएका थिए ।
लामिछानेले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्न खोजेपनि सीले भेट दिन अस्वीकार गरेको बुझिएको छ । भ्रमणका क्रममा बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट तय भएको छ ।
यस्तै सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग पनि उनको भेटवार्ता हुनेछ । लामिछानेको भ्रमण दलमा पाँचजना सदस्य रहने बताइएको छ ।