शेखर कोइरालाले सरकारलाई फिर्ता गरे दुई करोड

  • मिति : साउन २२, २०८३
378 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारलाई दुई करोड फिर्ता गरेका छन् ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि सरकारले दिएको दुई करोड शेखर कोइरालाले फिर्ता गरेका हुन् ।

विराटनगर महानगरपालिका-७, कोसी अस्पताल चोक, मोरङ (कोइराला निवास) को मर्मत तथा सम्भारका लागि आव २०८३/८४ को बेजटमा २ करोड विनियोजन गरेकामा सरकारप्रति आभार प्रकट गर्दै शेखरले फिर्ता गरेका हुन्।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘राज्यसामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक, विराटनगर महानगरपालिका-७, कोसी अस्पताल चोक, मोरङस्थित (कोइराला निवास) को मर्मत तथा सम्भार भनी विनियोजन गरिएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।’