तालिममा ग्रिनेड पडकिँदा दुई सैनिक घाइते, लगियो काठमाडौं

  • मिति : साउन २१, २०८३
548 Shares

धनगढी। सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्। गोदावरी नगरपालिका-४ स्थित वनदेवी फायरिङ रेन्जमा तालिमको क्रममा ग्रिनेड पडकिँदा नेपाली सेनाका दुइ जवान घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार वनदेवी फायरिङ रेन्ज देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन् ।

घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। दुवै घाइतेलाइ काठमाडौं पठाइएको छ । दुवैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।