तीन वर्षभित्र कर्णालीका एक लेनका सडकलाई डबल लेनकाे बनाउँछौँ : मन्त्री लम्साल

  • मिति : असार २३, २०८३
429 Shares

काठमाडौँ : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र डबल लेनको बनाइसक्ने बताएका छन्। राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै ३ वर्षमा सबै सडकलाई डबल लेनको बनाइसक्ने सरकारले लक्ष्य राखेको बताए।

उनले भने, ‘त्यसमा पर्याप्त बजेट पनि छ। यसै आर्थिक वर्षमा हामीले डिपीआर गरेर काम सुरु गर्छौँ। सबै जिल्ला सदरमुकाम जोड्ने सडक र सबै पालिका सदरमुकाम जोड्ने सडक यसै वर्ष टेन्डर लाग्छन्। कर्णाली प्रदेशमा जतिवटा पनि पालिकाको केन्द्रसम्म सडक सञ्जाल पुगेको छैन अथवा कच्ची सडक छ यही सालबाट सुधारको काम हुन्छ।’ अत्यधिक दुर्घटना हुने र धेरै जनाको मृत्यु हुने भएको कारणले सधैँको लागि अन्त्य सरकारले सडक निर्माणको योजना अघि बढाएको बताए।