मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

  • मिति : असार २२, २०८३
599 Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित भएर पनि इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै विश्वकपबाट बाहिर पठायो ।

प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङघमले दुई गोल गरे भने ह्यारी केनले एक गोल गरे । घरेलु मैदानमा बेहोरेको हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिएको छ । खराब मौसमका कारण खेल ढिला सुरु भएको थियो ।