काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्।
चितवनको भरतपुरमा हुने रास्वपाको अधिवेशनमा सभापति थापा सहभागि हरने कार्यक्रम रहेको उनका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए ।
सभापति थापाले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै फेसबुकमार्फत शुभकामना समेत दिएका थिए।