काठमाडौं । उत्तरपश्चिमी चीनको छिङघाई प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार मंगलबार स्थानीय समय अनुसार साँझ ५:०६ बजे छिङघाईको हाईक्सीरमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको झट्कापछि त्यस क्षेत्रमा सतर्कता जारी गरिएको छ । भूकम्पपछि धेरै मानिसहरू डरले आफ्नो घर बाहिर निस्किएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको गहिराई केवल १० किलोमिटर थियो । केन्द्रबिन्दुको गहिराइ कम भएकाले भूकम्पको धक्का निकै बलियो महसुस गरिएको थियो ।