तोलामै १० हजार १ सय रुपैयाँले घट्यो सुन

  • मिति : जेष्ठ २७, २०८३
293 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको छ । योसँगै सुन आज तोलाको २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय ८५ रुपैयाँले घटेको छ । चाँदी आज घटेर तोलाको ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।