विपक्षीले गरे मौनधारण, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

  • मिति : जेष्ठ २६, २०८३
531 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । विपक्षी दलको विरोधपछि सभामुख डीपी अर्यालले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै विपक्षीले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।

यसअघि नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षीले संसद्‌मा पाँच मिनेट मौनधारणा गरेका थिए । ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा मौनधारणा गरिएको हो ।