काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काको गाडी चोरी भएको छ ।
उनी चढ्ने सरकारी स्कोर्पियो गाडी मध्यराति ठेचोबाट चोरी भएको हो ।
प्रहरीले गाडी र चोरी गर्नेको खोजी भइरहेको जानकारी दिएको छ । सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेको देखिएको प्रहरीले बताएको छ ।