अमेरिकाविरुद्ध नेपाल ब्याटिङमा

  • मिति : जेष्ठ ८, २०८३
701 Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गरेको हो । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

वर्षाका कारण टस निर्धारित समयभन्दा आधा घण्टा ढिला भएको थियो । यसअघि श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डकवर्थ–लुइस (डिएलएस) पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो भने तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालली टोलीमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।