काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार पक्राउ गरेको हो ।
गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ । यही प्रकरणमा यसअघि पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए ।