श्रममन्त्रीका सवारी चालक अपहरण मुद्दामा पक्राउ

  • मिति : बैशाख २९, २०८३
208 Shares

जनकपुरधाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवका सवारी चालक अपहरण मुद्दामा पक्राउ परेका छन् । मन्त्री यादवका हलुका सवारी चालक मुस्तकिम आलम अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारको कसुरमा पक्राउ परेका हुन् ।

महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका-३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको हो ।

पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप छ ।

पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको सप्तरीका एसपी मिलन केसीले जानकारी दिए । पक्राउ परेका मियाँलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले सात दिनको अनुमतिसमेत पाएको छ ।