काठमाडौँको माइतीघरमा सुकुम्बासीको विरोध प्रदर्शन

  • मिति : बैशाख २५, २०८३
752 Shares

काठमाडौँ : भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आज काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

सुकुम्बासीका घरमा क्रूरतापूर्वक डोजर चलाएर जबर्जस्ती उठीबास लगाइएको उनीहरुको भनाइ छ । उठीबासको विरोधमा संयुक्त सुकुम्बासी मोर्चा नेपालले थाल र चम्चा बोकेर माइतीघरमा प्रदर्शन गरेको हो।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा वैशाख १२ देखि डोजर चलाइएको छ। अहिलेसम्म थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, वंशीघाट, देवीनगर, स्वयम्भू, गंगबु र कपनका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइएको छ।