शेखर गोल्छा र दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

  • मिति : बैशाख २१, २०८३
1.2K Shares

काठमाडौं । व्यवसायी शेखर गोल्छा र दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाई हुँदैछ ।

गोल्छाको तर्फबाट पत्नी सिमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ भने भट्टको तर्फबाट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो ।

भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका थिए । भट्टसँग गोल्छाको पनि व्यवसायिक सम्बन्ध रहेको खुलेपछि गोल्छालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।