टी–२० विश्वकपको सुपर ८ मा आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

  • मिति : फाल्गुन १२, २०८२
4.7K Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपको (सुपर ८)को पाँचौं खेलमा आज इंग्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेलेमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई हराउँदै इंग्ल्याण्डले सेमिफाइनल समीकरण बलियो बनाउँदा १ अंक जोडेको पाकिस्तानलाई यो जितले अर्को चरण पुग्न सहज बनाउनेछ ।

इंग्ल्याण्ड र पाकिस्तानका लागि समूह २ को आफ्नो दोस्रो खेल सेमिफाइनलको बाटो तय गर्न निकै निर्णायक हुनेछ । पाकिस्तानविरुद्ध विजयी भए इंग्ल्याण्डको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ ।

यी दुईबीच ट्वेन्टीट्वेन्टी ढाँचाको क्रिकेटमा इंग्ल्याण्डको पल्ला भारी छ । यो फरम्याटमा अहिलेसम्म भएका कुल ३१ खेलमध्ये इंग्ल्याण्डले २१ र पाकिस्तानले ९ खेल जितेको छ । १ खेल नतिजाविहीन भएको थियो ।