“यो तिजमा भाइरल हुने हो” बोलको नयाँ तिज गीत सार्वजनिक, लोकप्रिय गायकहरूको संयुक्त प्रस्तुती

  • मिति : साउन ५, २०८२
6.4K Shares

काठमाडौँ । नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा नयाँ तिज गीतहरू सार्वजनिक हुने क्रम तीव्र भइरहेको छ ।

हरितालिका तिजको अवसरलाई लक्षित गर्दै नेपाली सांगीतिक बजार पुनः तिजमय बनेको छ। दिनप्रतिदिन नयाँ तिज गीतहरू सार्वजनिक भइरहेका छन्, जसले तिजको माहोललाई झनै रंगीन बनाइरहेका छन्।

यस्तै क्रममा हालै मात्र लोकप्रिय गायक घमेश दुलाल, भिमसेन खतिवडा, राधिका ढकाल र आशा लामाको संयुक्त प्रस्तुतीमा तयार पारिएको तिज गीत “यो तिजमा भाइरल हुने हो” सार्वजनिक भएको छ। “ज्ञानमाला” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले छोटो समयमा नै दर्शक र श्रोताको ध्यान तान्न थालेको छ।

गीतका शब्द तथा संगीत स्वयम् गायक भिमसेन खतिवडाले तयार पारेका हुन् भने भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन्। आकर्षक दृश्य तथा जीवन्त अभिनयले सजिएको भिडियोमा राजन चौलागाई (खैराते), प्रकाश सोनि, रिया खड्का, जेनि क्विन र विशेषता महर्जनको अभिनय देख्न सकिन्छ।

उक्त गीतमा सांगीतिक लय, शब्द र भिडियो प्रस्तुती सबै पक्षमा सन्तुलन कायम गरिएको देखिन्छ, जसले यस तिज गीतलाई सम्भावित भाइरल हिट बनाउने संकेत देखाएको छ।

श्रोता तथा दर्शकको मन जित्दै “यो तिजमा भाइरल हुने हो” गीतले यस वर्षको तिज सिजनलाई थप रौनक दिने विश्वास गरिएको छ।