“कक्षा ११ का लागि विद्यार्थीमैत्री शिक्षा र प्रविधिसम्पन्न पूर्वाधारसहित साउथ वेस्टर्न स्टेट कलेज उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै”-प्रमुख डा. राजेन्द्र केसीसँग विशेष संवाद”

  • मिति : असार ३२, २०८२
5.6K Shares

साउथ वेस्टर्न स्टेट कलेज : उच्च माध्यमिक शिक्षाको नयाँ गन्तव्य

-पत्रकार स्वस्तिका थापाद्वारा लिइएको अन्तर्वार्ता

सामाजिक, आर्थिक र प्रविधिगत परिवर्तनको प्रभावसँगै नेपालको शैक्षिक क्षेत्र तीव्र गतिमा अगाडि बढिरहेको छ। अब शिक्षा केवल किताबी ज्ञानमा सीमित नरही, व्यवहारिक क्षमता, प्रविधिमा दखल, आलोचनात्मक सोच र जीवन उपयोगी सीपहरूको विकासमा केन्द्रित हुँदैछ। यस्ता परिमार्जित शैक्षिक आवश्यकतालाई आत्मसात गर्दै राजधानी काठमाडौंमा अवस्थित साउथ वेस्टर्न स्टेट कलेजले गुणस्तरीय सिकाइ, व्यावसायिक दक्षता र आधुनिक प्रविधिको समन्वयमार्फत विद्यार्थीहरूका लागि एक आकर्षक शिक्षालयको रूपमा आफूलाई स्थापित गरिरहेको छ।
कलेजले प्रविधिमैत्री पूर्वाधार, अनुभवी र दक्ष शिक्षक टोली, आधुनिक शिक्षण शैली तथा पारदर्शी व्यवस्थापन प्रणालीमार्फत नयाँ पुस्ताका लागि उपयुक्त शैक्षिक वातावरण निर्माण गरेको छ। कक्षा ११ मा भर्ना खुल्दै गर्दा विद्यार्थी र अभिभावकहरूबीच यस कलेजको शैक्षिक दृष्टिकोण, भर्ना प्रक्रिया, शुल्क संरचना, छात्रवृत्ति व्यवस्था, प्रविधिको प्रयोग तथा कलेजको भविष्य योजना प्रति चासो बढ्दो छ। यिनै विषयमा स्पष्ट जानकारी लिनका लागि हामीले साउथ वेस्टर्न स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसीसँग विस्तृत संवाद गरेका छौं।

पत्रकार: डा. केसीज्यू, साउथ वेस्टर्न स्टेट कलेजमा कक्षा ११ को नयाँ विद्यार्थी भर्ना प्रक्रिया अहिले कसरी अगाडि बढिरहेको छ?

डा. केसी: अहिले हाम्रो कलेजमा कक्षा ११ को नयाँ भर्ना प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको छ। SEE पास गरेका विद्यार्थीहरूका लागि हामीले अनलाइन र कलेजमै उपस्थित भएर दुवै माध्यमबाट आवेदन लिन थालेका छौं। अभिभावक र विद्यार्थीहरूको राम्रो प्रतिक्रिया पाइरहेका छौं। विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा जस्ता विषयहरूमा बढी चासो देखिएको छ।

पत्रकार: कलेजको शिक्षा प्रणाली (एजुकेसन पेडागोजी) कस्तो छ? के विशेषता छन्?

डा. केसी: हाम्रो शिक्षा प्रणाली समय सापेक्ष, विद्यार्थी केन्द्रित र प्रयोगात्मक छ। हामीले project-based learning, group work, critical thinking र presentation मा विशेष ध्यान दिएका छौं। अनुभवी शिक्षकहरू, नियमित मूल्याङ्कन, र व्यक्तिगत हेरचाह हाम्रो विशेषता हो।

पत्रकार: भर्ना संरचना कस्तो छ? के विद्यार्थीहरूले सजिलै आवेदन दिन सक्छन्?

डा. केसी: हो, अत्यन्तै सरल प्रक्रिया अपनाएका छौं। विद्यार्थीहरूले अनलाइन फारम भर्‍न सक्ने सुविधा छ। SEE को ग्रेड अनुसार merit आधारित छानोट गरिन्छ। साथसाथै, हाम्रो हेल्प डेस्कले अभिभावक र विद्यार्थीलाई आवश्यक सहयोग दिन निरन्तर सेवा दिइरहेको छ।

पत्रकार: शिक्षा पद्धति भन्नाले अहिलेको सन्दर्भमा केवल पढाइ होइन, सिकाउने तरिका, शिक्षक–विद्यार्थी सम्बन्ध र प्रविधिसँग जोडिएको कुरा हो। साउथ वेस्टर्न स्टेट कलेजको शैक्षिक पद्धति के कस्तो छ?  

डा. केसी:  सही कुरा हो। आजको दिनमा शिक्षाको अर्थ केवल किताबी ज्ञानमा सीमित छैन। हामीले learner-centered teaching method अपनाएका छौं। Project-based learning, interactive class, presentation, group discussion, field visit जस्ता अभ्यासहरू नियमित रूपमा सञ्चालन हुन्छन्।
हाम्रो उद्देश्य विद्यार्थीलाई आत्मनिर्भर, आत्मविश्वासी र समाजसँग जोडिएको नागरिक बनाउने हो। शिक्षकहरू अनुभवशील मात्र होइन, समयसापेक्ष प्रविधिमा समेत दक्ष छन्। साथै, नियमित internal assessment र feedback system मार्फत विद्यार्थीको प्रगति नजिकबाट मूल्याङ्कन गरिन्छ।

पत्रकार: कलेजमा के के प्रविधि (टेक्नोलोजी) प्रयोगमा छन्?

डा. केसी: प्रविधिमैत्री शिक्षा हाम्रो प्रमुख लक्ष्य हो। स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, साइन्स ल्याब, डिजिटल लाइब्रेरी, सिकाइका लागि LMS (Learning Management System) प्रयोग गरिन्छ। साथै, अनलाइन कक्षा, परीक्षा र मूल्याङ्कनको पनि सुविधा छ। हाम्रा विद्यार्थीहरूलाई २१औं शताब्दीको प्रविधिमा अब्बल बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौं।

पत्रकार: व्यवस्थापन पक्ष कस्तो छ? कलेजको वातावरण कस्तो छ?

डा. केसी: हाम्रो व्यवस्थापन पारदर्शी, विद्यार्थी–अभिभावक मैत्री र प्रतिबद्ध छ। कलेजमा सफा, सुरक्षित र अनुशासित वातावरण छ। विद्यार्थीको शैक्षिक प्रगति मात्र होइन, चरित्र विकास र नेतृत्व विकासमा पनि हामीले जोड दिएका छौं। अभिभावकहरूसँग नियमित संवाद, feedback system, र counseling सेवा पनि उपलब्ध छ।

पत्रकार: अन्त्यमा, नयाँ विद्यार्थी र अभिभावकहरूलाई केही सन्देश?

डा. केसी: साउथ वेस्टर्न स्टेट कलेज एक प्रेरणादायी शैक्षिक गन्तव्य हो, जहाँ गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक र प्रविधि आधारित सिकाइ प्रणालीको संगम छ। सबैलाई हार्दिक स्वागत छ। हामी तपाईको छोराछोरीको उज्वल भविष्य निर्माणमा सहयात्री बन्न तयार छौं।