काठमाडौँ । थाई एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ । बिहीबार दिउँसो १२ः४० मा बैंकक उडानको तालिका रहेको जहाज ग्राउण्डेड भएपछि २९६ यात्रु उड्न पाएका छैनन् ।
जहाजको प्राविधिक समस्या समाधानका लागि थाइल्याण्डबाट प्राविधिक टोली आउन थालेको थाईको नेपालस्थिल जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी ट्राभलले जानकारी गराएको छ । उड्न नपाएका सबै यात्रुलाई सोसाइटीले नै काठमाडौँका होटलमा बस्ने व्यवस्था मिलाएको छ ।