काठमाडौं : सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी भएको छ ।
उनी हाल सहकारी ठगीकै अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाइसकेको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।