धादिङ : धादिङको नौबिसे-नागढुङ्गा सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ । सडकमाथिबाट खसेको पहिरोले आज बिहान बस पुरिएको हो ।
बस पुरिए पनि यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरू बसबाट निस्किएर भागेका थिए ।पहिरो खसिरहेकोले बस निकाल्ने काम शुरू नभएको प्रहरीको भनाइ छ ।