काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा देशभरका गणेश मन्दिरहरूमा भक्तजनको भिड लागेको छ । हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ ।
यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्य विनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ । मङ्गल चतुर्थीसमेत नामले यो पर्वलाई चिनिन्छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् ।