नाराबाजी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका युवाहरूलाई तत्काल छाड्न रास्वपाको माग

3.9K Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका युवाहरूलाई तत्काल छाड्न माग गरेको छ।

बुधबार प्रतिनिधि सभामा बोल्दै रास्वपाका सांसद हरि ढकालले युवाहरूलाई तत्काल छाड्न माग गरेका हुन्। उनले भने, ‘सिंहदरबार भित्रका बेइमानीहरूलाई खबरदारी गर्दा यसरी समाउन पाइँदैन ती युवाहरूको तत्काल रिहाको माग गर्दछु।’ ढकालले युवाहरुले गरेको गाली राज्यले सुन्न सक्नुपर्ने पनि बताए।