आज नेपाली बजारमा सुनचाँदीको मूल्य उच्च

2.3K Shares

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।