काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बौद्ध स्थित टुसालबाट करिब १० लाख चोरी भएको छ ।
मङ्गलवार टुसाल स्थित चाइनिज इन्टरप्राइजेज इन्कुबेसन सेन्टर प्रालिबाट ९ लाख ९० हजार नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।चोरीमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।