कैलालीमा लागूऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ

  • मिति : फाल्गुन ११, २०८०
5.4K Shares

कञ्चनपुर । कैलालीमा लागूऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना छन्। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन् बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट बिहीबार बेलुका नियन्त्रणमा लिइएको हो।

अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरुको साथमा खैरो हेरोइन भेटिएको थियो।