नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी ३० लाख धरौटीमा रिहा

  • मिति : मंसिर १५, २०८०
2.6K Shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् ।

शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी टोपबहादुर रायमाझीका छोरा हुन् ।

उनीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोप लागेको थियो । प्रहरीले उनलाई गएको २० वैशाखमा बुटवलबाट पक्राउ गरेको थियो