अर्थ समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

  • मिति : मंसिर १०, २०८३
463 Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहीबार (मंसिर १०) बस्दै छ । आज बिहान ११:०० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष परिचालनको अवस्था, लगानी र प्रतिफलको स्थिति, भावी कार्ययोजना र समस्या एवं सुधारका क्षेत्र सम्बन्धमा प्रस्तुतिकरण र छलफल हुने कार्यसूची छ । यस्तै विविध विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।

बैठकमा अर्थमन्त्री, अर्थ सचिव एवं नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको जानकारी दिइएको छ ।