कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

  • मिति : मंसिर १०, २०८३
412 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठक केही दिनसम्म निरन्तर सञ्चालन हुने बताइएको छ ।