नवलपुरमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

  • मिति : मंसिर १०, २०८३
480 Shares

नवलपुर । नवलपुरको मध्यविन्दु–१० अरुण खोलामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

कावासोती–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी अरुण खोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन् ।

घाइतेहरूमध्ये ९ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम खुलेको छैन ।