विराटनगर । विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेका छन् ।
शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गर्न पुगेको थियो । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गिरीको घरमा खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिए ।
गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।