नुवाकोट । दुप्चेश्वर गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभाले गाउँपालिकाको समग्र विकास, सुशासन, जनउत्तरदायी सेवा प्रवाह तथा समृद्ध दुप्चेश्वर निर्माणका लागि महत्वपूर्ण वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विकासमुखी कार्यक्रमहरू पारित गरेको छ।
अधिवेशनबाट गाउँपालिकाको विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण ऐनहरू समेत पारित गरिएको गाउँपालिकाले जनाएको छ। साथै गाउँपालिका भित्रबाट पहिलो पटक सगरमाथा आरोहण गरी गाउँपालिकाको गौरव बढाउने व्यक्तित्वलाई सम्मान गरिएको थियो।
त्यसैगरी, स्वास्थ्य सेवा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै ‘एमएसएस’ मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेको राउतबेशी स्वास्थ्य चौकीलाई पनि विशेष सम्मान प्रदान गरिएको छ।
गाउँपालिकाले अधिवेशनबाट पारित भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत समुन्नत, समृद्ध र आत्मनिर्भर दुप्चेश्वर निर्माणमा सबैको साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरेको जनाएको छ।