चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी छ । गएराति १२ बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान अहिले पनि जारी रहेको हो ।
मतदान आज दिउँसो १२ बजेसम्म जारी रहने रास्वपाको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिएको केही घण्टामै मतपरिणाम आउने पार्टीले जनाएको छ ।
९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना चुनावी प्रतिस्पर्धामा छन् ।
रास्वपाको सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।