कसैलाई सुविधा दिन नभई सुधार गर्न अध्यादेश ल्याइएको हो : रवि लामिछाने

  • मिति : बैशाख १६, २०८३
905 Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारले केही कानुन बनाउन अध्यादेश ल्याएकाे बताएको छ। विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेका बेला बुधबार सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले अध्यादेशका बारेमा पार्टीको धारणा राखेका हुन्।

त्यसक्रममा सभापति लामिछानेले विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न नसक्ने बताए। ‘पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो’, लामिछानेले भने, ‘अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन, यो आवश्यक सुधारको लागि हो। यो कदम कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो।’

बैठकमा सभापति लामिछानेले कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति रास्वपा कति गम्भीर छ भन्ने कुराको सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाएको भन्दै आशङ्का नगर्न आग्रह गरेका छन्। ‘विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौँ, इमानदार भएर अघि बढ्यौ’, लामिछानेले भने।