रास्वपा संसदीय दलको अनौपचारिक बैठक बस्दै

  • मिति : बैशाख १६, २०८३
803 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक आज बस्ने भएको छ । बिहान ११ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफलमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने भएकोले काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध छ, सूचनामा भनिएको छ ।