पोखरा । नेपाली कांग्रेसको वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ सभापति पदमा निर्वाचित भएका छन् । स्याङ्जाको वालिङ नगरको सभापतिमा उनी ३ मतको अन्तरले मात्रै विजयी भएका हुन् ।
५ सय ४२ मत खसेकोमा गुरुङले २ सय ६९ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी बोधराज कुँवर राजुले २ सय ६६ मत मात्र प्राप्त गरेका थिए ।
महिला उपसभापतिमा जुनु थापाले ३ सय १५ मत ल्याएर चुनाव जित्दा सीता ढुंगाना अधिकारीले २ सय १४ मत ल्याइन् । अर्को सभापतिमा यज्ञप्रसाद अधिकारी विजयी भएका छन् । उनले २ सय ७७ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी जगदिश पाठकले २ सय ३० र मत प्राप्त गरेका थिए ।
सचिवमा हुमनाथ अर्याल २ सय ५४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बुद्धिसागर गैह्रेले २ सय ५३ मत प्राप्त गरेका थिए । सहसचिव पदतर्फ एकनारायण कोइराला २ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी विष्णुबहादुर खवासले २ सय ३४ मत प्राप्त गरेका थिए ।