रसुवा बाढी : ४४ जना सेना, २६ जना नेपाल प्रहरी र नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

  • मिति : भदौ १०, २०८३
412 Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर नेपाली सेनाका ४४ जना सम्पर्कविहीन भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभाको बैठकमा टिमुरे र मैलुङ पोष्टमा कार्यरत ४४ जना नेपाली सेना सम्पर्कविहीन रहेका जानकारी दिएका हुन् ।

यसैगरी रसुवा, टिमेर लगायत प्रहरी चौकीमा कार्यरत २६ जना नेपाल प्रहरी पनि सम्पर्कविहीन रहेका उनले जानकारी दिएका छन्। मन्त्री खनालका अनुसार नौ जना सशस्त्र प्रहरी पनि सम्पर्क बाहिर छन् ।

यस्तै रसुवागढी भन्सार, अध्यागमन कार्यालय लगायत कार्यालयका कर्मचारीसहित केही स्थानीय बेपत्ता रहेको पनि जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रमा हालसम्म नौ जनाको शव फेला परेको र सनाखत हुन भने बाँकी रहेको खनालको भनाइ छ ।