हत्या, हिंसा र बलात्कार बढ्नुमा सामाजिक अराजकता र कमजोर राज्य व्यवस्था जिम्मेवार : शंकर पोखरेल

  • मिति : भदौ ८, २०८३
293 Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्ता घटनाहरू सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानको परिणाम भएको बताएका हुन् ।

महासचिव पोखरेलका अनुसार देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको श्रृंखलासमेत वृद्धि गराएको छ । समाजमा अपराध बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना हुने उनको भनाइ छ।

महासचिव पोखरेलले २०८२ भदौ २४ गते भएको विध्वंसकारी घटनाका योजनाकार तथा दोषीहरूको पहिचान गरी कानुनी रूपमा दण्डित गर्नुपर्नेमा जोड दिएका छन् । उक्त घटनाका दोषीहरूलाई कारबाही नगरेसम्म अपराधीहरू निर्भय हुने र नागरिकहरू सदैव भयभीत तथा असुरक्षित रहने अवस्था कायम रहने महासचिव पोखरेलको निष्कर्ष छ ।