पूर्वप्रधानमन्त्री भट्टराई अस्पतालबाट डिस्चार्ज

  • मिति : साउन १३, २०८३
259 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार दिउँसो भट्टराईले सामाजिक सञ्जालमार्फत आफू डिस्चार्ज भएको जानकारी गराएका हुन् ।

‘म उपचार गरेर फर्केको छु । उपचारमा संलग्न र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा हार्दिक आभार !’ उनले फेसबुकमा लेखेका छन् । भट्टराईलाई चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि गएराति धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।