रास्वपा निर्वाचनको नयाँ तालिका सार्वजनिक

  • मिति : असार ११, २०८३
684 Shares

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय निर्वाचन कार्यतालिकामा पाँचौँ पटक संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ। पार्टीको निर्वाचन आयोगले प्रवासबाहेकको पहिलो चरणको मतदान सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचनका लागि नयाँ कार्यतालिका ल्याएको हो।

पहिलो चरणको निर्वाचनको परिणाम घोषणा गर्न बाँकी रहँदै पार्टीले दोस्रो चरणको प्रक्रिया अघि बढाएको छ। नयाँ तालिका अनुसार, दोस्रो चरणको मतदान आज राति ९:१५ बजेबाट सुरु हुनेछ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार, राति १:३० बजेसम्ममा पार्टीका पदाधिकारीहरूको मत परिणाम घोषणा गरिसक्ने लक्ष्य राखिएको छ। आन्तरिक प्रतिस्पर्धा र निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यतालिकामा पटक–पटक संशोधन गरिएको हो।