आफ्ना सांसदलाई मर्यादापालकले बाहिर निकालेपछि कांग्रेस: सभामुखले आदेश कानेखुसी गरेर दिने होइन

  • मिति : जेष्ठ १२, २०८३
633 Shares

काठमाडौँ : सभामुखको आदेशबिनै आफ्ना एक सांसदलाई मर्यादापालकले निकालेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस सांसद निश्कल राईले नियमावलीविपरीत भए सभामुखले सचेत गराउने नियम हुँदाहुँदै मर्यादापालकले निकालेको भन्दै आपत्ति जनाएका हुन्।

मर्यादापालकले कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई बैठक चलिरहँदा फोटो खिचेको भन्दै बाहिर निकालेर फोटो डिलिट गर्न लगाएका थिए। सो विषयमा राईले सभामुखको आदेशबेगर गरिएको गतिविधि सह्य नभएको बताएका छन्।

‘सभामुखले सचेत गराउने हो, नमानेमा बाहिर निस्कन आदेश दिने हो,’ उनले भने, ‘सभामुखले आदेश कानेखुसी गरेर दिने होइन, कानेखुसीबाट सदन अगाडि बढ्न सक्दैन।’