अनामनगरको साततले भवनमा चल्यो डोजर

  • मिति : बैशाख २०, २०८३
718 Shares

काठमाडौं । अनामनगरको धोविखोला करिडोरमा रहेको साततले भवनमा पनि आज डोजर चलाइएको छ । सरकारी जमिन हडपेर भवन बनाइएको भन्दै आज डोजर चलाइएको हो ।

घरधनी इन्द्र चाम्लिङले जग्गाको पूर्जा रहेको र नक्सापास भएर घर बनाएको बताएका छन् । उनले जग्गाको लालपूर्जा, नक्सापास लगायतका कागजात घरबाहिरै टाँसेका थिए ।

उच्च अदालतले यो सरकारी जग्गा नभएको भनेर आदेश गरेको उनको भनाइ छ । तर सरकारले डोजर चलाएको हो । भवन भत्काउन दुईवटा डोजर प्रयोग गरिएको छ ।