दुर्गा प्रसाईं पोखराबाट पक्राउ

  • मिति : माघ ५, २०८२
1.7K Shares

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । मेडिकल व्यवसायी प्रसाईं आज पोखराबाट पक्राउ परेका हुन् ।

नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।